०६ असार २०८३, शनिबार

नक्कली नोटसहित मोरङमा एक जना पक्राउ

बैशाख १७, २०८२
काठमाडौं
नक्कली नोटसहित मोरङमा एक जना पक्राउ

मोरङमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका-१३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोटसहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्ति पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । किराना पसलमा सिम्पीले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्