२२ जेठ २०८३, शुक्रबार
रेशम चौधरी पक्राउ प्रकरण

रेशमलाई कारागार चलानको पत्र लेख्ने कर्मचारीलाई कारबाही गर्न सर्वोच्चको पत्राचार

बैशाख १७, २०८२
काठमाडौं
रेशमलाई कारागार चलानको पत्र लेख्ने कर्मचारीलाई कारबाही गर्न सर्वोच्चको पत्राचार

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कारागार पठाउन भनेर पत्र लेख्ने कर्मचारीलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिनामासिंह विष्टले बुधबार बिहान प्रहरीलाई पत्राचार गरेका थिए । तर, उक्त पत्र सर्वोच्चको आधिकारिक नरहेको भन्दै विष्टलाई कारबाहीका लागि अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । 

शाखा अधिकृत विष्टले सर्वोच्च अदालतमा तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरुपयोग गरी पत्राचार गरेको सर्वोच्चले जनाएको छ ।

उनको यो काम मुलुकी फौजदारी अपराध संहिता, २०७४ को विपरीत भएकाले विष्टलाई सोही ऐन अनुसार कारबाहीको आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्