२२ जेठ २०८३, शुक्रबार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित : लुक्लाका अधिकांश उडान 'डिले'

बैशाख १८, २०८२
काठमाडौं
प्रतिकूल मौसमले हवाई उडान प्रभावित : लुक्लाका अधिकांश उडान 'डिले'

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भएको छ । वर्षासँगै प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने डोमेस्टिक र एउटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । काठमाडौंबाट लुक्लाका लागि तय भएका चार उडान डिले भएका छन् । यसैगरी रेसुङ्गाको एउटा उडान डिले भएको छ । 

यसैगरी हिमालय एयरलायन्सको ल्हासाका लागि तय भएको उडान पनि डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । 

हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको भैरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्