२३ जेठ २०८३, शनिबार

श्रमिक दिवश

बैशाख १८, २०८२
काठमाडौं
श्रमिक दिवश

म हुुँ एक श्रमिक, घरको न घाटको
श्रम गर्दछु सदा, अरू कोही कसैको
ज्याला थोरै, मेहेनत छ अधिक
पीडाको सुनुवाइमा, कोही छैन मसित
युनियन दुखेसो, सुन्दैन निर्धाको
उपचार कदापि, हुँदैन श्रमिकको
बलियो मालिक, सबै छन उसैका
पीडा र शोषण, अनेकन् श्रमिकका ।

ऐन छ हक छ, व्यवहारमा छैन
शोषण धेरै  छ, उपचार रहेन
यो वाद, उ वाद, आखिर जिन्दावाद
कोहि छैन हाम्रो, गरिदिने प्रतिवाद
काम छैन यहाँ, उसै ज्याला कमी छ ।
रोजगार नहुँदा , पीडित श्रमिक
न कामको ठेगान, न तलब कै
कति सुनाउ यहाँ, पीडा उत्तिकै
न्यून बेतन, कामको ठेगान
नियुक्ति नै छैन, प्रमाण नै भएन
अड्डा अदालत, सब छन् उनैका
पीडा अनगिन्ती, विचरा श्रमिकका
सचेत भई ब्युँझौं सबै श्रमिक
एक अर्को मिलौं एकता बृहत्
सन्देश यही छ, हक लिन जागौं
काम मात्र होइन, उचित ज्याला मागौं
२०८२ १८ वैशाख, बिहीबार

salt training

कमेन्ट गर्नुहोस्