२४ असार २०८३, बुधबार

विधान महाधिवेशनसम्म पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने एमालेको तयारी

बैशाख १८, २०८२
काठमाडौं
विधान महाधिवेशनसम्म पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने एमालेको तयारी

नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता संख्या सात लाख ५० हजार पुर्‍याउने जनाएको छ ।

एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षका रूपमा लिएको जनाउँदै संगठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कूल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताए । 

उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । ‘नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौ’, उनले भने, ‘त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौं ।’

सचिव ढुंगेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । उनले भने, ‘आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पुर्‍याउने हाम्रो लक्ष्य हो ।’

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने तय गरेको छ ।    

salt training

कमेन्ट गर्नुहोस्