२६ जेठ २०८३, मंगलबार

विश्वप्रसिद्ध सिनामन रोल्स अब नेपाली बजारमा

बैशाख १८, २०८२
काठमाडौं
विश्वप्रसिद्ध सिनामन रोल्स अब नेपाली बजारमा

विश्वभर लोकप्रिय सिनामन रोल्सका लागि परिचित अमेरिकी बेकरी ब्रान्ड सिन्नाबोन अब औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गर्ने भएको छ। सिन्नाबोनको पहिलो शाखा ललितपुरको सानेपामा सञ्चालनमा आउँदैछ। 

अमेरिकामा स्थापना भएको सिन्नाबोन ब्रान्ड हाल ५० भन्दा बढी देशहरूमा फैलिएको छ। नेपाली बजारमा यसको प्रवेश जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (जेजीआई) को साझेदारीमा भएको हो। 

यो ब्रान्डले नेपाली उपभोक्ताका लागि क्लासिक सिन्नाबोन रोल्स, मिनीबोन्स, पेय पदार्थहरू र अन्य बेक  परिकारहरू उपलब्ध गराउने जनाएको छ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहले सिन्नाबोन नेपाल ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।

‘हाम्रो टोली सिन्नाबोनलाई नेपालमा ल्याएर यसको विश्वप्रसिद्ध स्वाद नेपाली उपभोक्तासामु प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छ’,  शाहले भने, ‘हामीलाई विश्वास छ कि सिन्नाबोनका स्वादिष्ट बेक गरिएका परिकारहरू नेपाली फुड लभर्सका लागि प्रिय बन्नेछन्।’


गो टु फुड्स इन्टरनेशनलका एसिया प्यासिफिक क्षेत्रका वरिष्ठ उपाध्यक्ष स्टीवन याङले पनि सिन्नाबोन नेपालमा शुरू हुनु स्वाद मात्रै नभई अनुभव बाँड्ने अवसर भएको बताए। 

‘सिन्नाबोन भनेको सम्झनाहरू सिर्जना गर्नु हो। हामी बेसब्रीका साथ पर्खिरहेका छौं, कहिले नेपाली जनताले हाम्रो प्रसिद्ध परिकारहरूलाई आफ्नो दैनिकी वा विशेष उत्सवको हिस्सा बनाउनेछन्’, उनले भने ।

नेपालको पहिलो सिन्नाबोन बेकरीले एक न्यानो र स्वागतयोग्य वातावरण प्रदान गर्नेछ, जहाँ पाहुनाहरूले ताजा बेकिङको जादू अनुभव गर्न सक्नेछन् र ब्रान्डका प्रमुख सिनामन रोल्स र पेय पदार्थहरूको मजा लिन सक्नेछन्। 
 

salt training

कमेन्ट गर्नुहोस्