२१ असार २०८३, आइतबार

वर्षौंपछि जोगी आउँदा स्थानीय दंग

कात्तिक २०, २०७४
वर्षौंपछि जोगी आउँदा स्थानीय दंग

ललितपुर, ६ माघ-‘हे गुरु साङ, तेत्तीस कोटी देवता गुरु साङ, चन्द्रसूर्य साङ आकाशै बाँधु, पतालै बाँधु, घरै बाँधु…!’ भन्दै बज्रबाराही चापागाउं क्षेत्रमा करिब १० वर्षपछि घरघरमा फेरी लगाउन कनफट्टा जोगी आएपछि स्थानीय पुरानो संस्कृति पुनः जागृत भएकामा खुसी भएका छन्, आजको राजधानीमा खबर छ । ठेचोमा रहेका फेरी लगाउने जोगीको निधन भएपछि लामो समयसम्म झरुवारासी, डाँडा गाउ, विष्ट गाउ, बाहोराटार, न्यौपाने गाउ, टाहखेललगायतका स्थानमा फेरी लगाउने परम्परा रोकिएको थियो । तर, मंसिर अन्तिम साता दुईजना जोगी फेरी लगाउन आएपछि स्थानीय दंग भएका हुन् ।

लामो समयसम्म फेरी लगाउन कोही नआएको थाहा पाएपछि सिन्धुपाल्चोकबाट ‘परम्परा धान्न’ भन्दै चापागाउ क्षेत्रमा दुई जोगी आए । ‘घरको शान्ति कायम होस् र भूतप्रेत नलागोस्’ भनेर फेरी लगाउने गरिएको गोपाल कम्बर बताउछन् । फेरी लगाउन सुरु र अन्त्यमा बजाउने शंखजस्तो आवाज निकाल्ने साधन बराँठको सिङ हो । बराँठ तराईमा पाइने जंगली जनावर हो । बराजुका पालमा सिङ ल्याएको कम्बरले सुनाए ।

गोरखनाथ भक्तका रूपमा चिनिने जोगीले फेरी लगाएर मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि, घरको रक्षा हुने, भूतपिचास नआउने जनविश्वास छ । कनफट्टा जोगीलाई चामल, धान, बेसार, तरकारी, नुन, तेल, घिउ, दक्षिणा, कालो कपडालगायतका वस्तु दान गर्ने चलन छ । यसरी दान गर्दा ग्रहदशा काटिने विश्वास रहिआएको छ ।

salt training

कमेन्ट गर्नुहोस्