०१ साउन २०८३, शुक्रबार

एनआरएनए एकता महाधिवेशनमा २६४३ जना प्रतिनिधि

बैशाख १८, २०८२
काठमाडौं
एनआरएनए एकता महाधिवेशनमा २६४३ जना प्रतिनिधि

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा २ हजार ६४३ जना डेलिगेट्सको टुंगो लागेको छ । 

निर्वाचन समितिका अनुसार जम्मा २ हजार ६४३ जना डेलिगेट्स मध्ये हालसम्म ६२५ जनाले मात्र तोकिएको कागजात बुझाइसकेका छन्। बाँकी रहेका डेलिगेट्सलाई शुक्रबार साँझ आवश्यक प्रमाण र दस्तुर सहित निर्वाचन समितिमा सम्पर्क गर्न आग्रह गरिएको उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले जानकारी दिए । 

तोकिएको समयमा निवेदन दिने व्यक्तिहरूको कागजात र दस्तुर निर्वाचन समितिले आवश्यक छानबिन गरी योग्य ठहरिएका डेलिगेट्सको नाम अन्तिम मतदाता नामावलीमा समावेश गर्ने निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जनकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्