२७ असार २०८३, शनिबार

जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ  : उपराष्ट्रपति यादव

बैशाख १८, २०८२
काठमाडौं
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ  : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी प्रभाकारी कार्यान्वयनमा जान नेपालले अन्तरराष्ट्रियस्तरबाटै साथ पाउनुपर्ने बताएका छन् । 

जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको उपराष्ट्रपति यादवले बताए । जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको उल्लेख गर्दै राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, “तराईमा पानीका स्रोतहरु सुक्दै छन् र नेपालसहित नदीका तल्लो तटीय क्षेत्रका करिब दुई अर्ब जनता जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ ।” 

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्न प्रतिबद्धता गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले यसका  लागि विश्व समुदायबाट वित्तीय र भौतिक सहयोग आवश्यक भएको  बताए । 

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तन अब न्यायिक मुद्दा बन्न पुगेको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्