२८ असार २०८३, आइतबार
दु:खद खबर

अपडेट : नेपाली छात्राको मृत्युबारे कीट विश्वविद्यालयले गर्‍यो परिवारलाई खबर

बैशाख १८, २०८२
काठमाडौं
अपडेट : नेपाली छात्राको मृत्युबारे कीट विश्वविद्यालयले गर्‍यो परिवारलाई खबर

भारतको ओडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत फेला परेकी छिन् । मृत्यु हुनेमा वीरगन्जकी प्रिसा साह रहेकी छन् । 

 सर्लाहीको मलंगवा स्थायी ठेगाना भएकी प्रिसाको परिवार हाल वीरगन्ज–१५ मा बस्दै आएको खुलेको छ । प्रिसाको मृत्युबारे कलेजले बिहीबार राति ९ बजे फोन गरेर जानकारी दिएको भाइ गौरव साहले जानकारी दिए । 

अहिले घरपरिवारले ओडिसास्थित कलेज जान लागेको छ ।

बिहीबार साँझ उनी कलेजको होस्टलमै मृत फेला परेको एक विद्यार्थीले बताए । उनी स्नातक तह प्रथम वर्षमा अध्ययनरत रहेको नेपाली विद्यार्थीहरूको भनाइ छ ।   प्रिसा एक वर्ष अगाडि मात्रै त्यहाँ पढ्न गएको बताइएको छ । 

केही महिनाअघि बुटवलकी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्