०३ असार २०८३, बुधबार

तरकारी बेच्नेमाथि काठमाडौँ महानगरको कारबाहीपछि नुवाकोटमा स्थानीयले गरे सडक अवरुद्ध

बैशाख १९, २०८२
नुवाकोट
तरकारी बेच्नेमाथि काठमाडौँ महानगरको कारबाहीपछि नुवाकोटमा स्थानीयले गरे सडक अवरुद्ध

नुवाकोट । काठमाडौँ महानगरपालिकाले हटाएको तरकारी बजार पुनः सञ्चालनको माग गर्दै नुवाकोटको ककनी गाउँपालिका–१ नौमार बजारस्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा स्थानीयले सडक अवरोध गरेका छन्।

शुक्रबार बिहान करिब ५ः२५ बजे काठमाडौँको माछापोखरी क्षेत्रबाट हटाइएका तरकारी व्यवसायीप्रति ऐक्यभाव प्रकट गर्दै करिब ४०–५० जनाको स्थानीय समूहले सडकमा तरकारी राखेर अवरोध गरेका हुन्।

उनीहरूले काठमाडौँ महानगरपालिकासँग पटक–पटकको बार्तामा माग पूरा नभएको भन्दै विरोध जनाएका हुन्। हरेक बिहान साना किसानले सडकले तरकारी तथा कृषि उपज बेच्दै आएकामा केही अघि महानगरले हटाएको थियो । 

घटनाको जानकारी पाएलगत्तै प्रहरीले नियन्त्रणका लागि सुरक्षा टोली परिचालन गरेको छ। प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्