१९ असार २०८३, शुक्रबार

बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, मालवाहक सवारी अरुणखोला क्षेत्रमा रोकिए

बैशाख १९, २०८२
काठमाडौं
बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, मालवाहक सवारी अरुणखोला क्षेत्रमा रोकिए
फाइल तस्वीर

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । 

आज बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन डाइभर्सन निर्माण गरिएको थियो । 

त्यो पनि बाढीमा बगेपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएको उनले बताए । 

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्