०१ साउन २०८३, शुक्रबार
९ बुँदेमा असन्तुष्टि

शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारीले घोषणा गरे नयाँ आन्दोलन

बैशाख १९, २०८२
काठमाडौं
शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारीले घोषणा गरे नयाँ आन्दोलन
शिक्षक आन्दोलन । फाइल तस्वीर

विद्यालय कर्मचारीले नयाँ आन्दोलनको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्‌ले शुक्रबार चरणवद्ध आन्दोलन घोषणा गरेको हो । 

परिषद्‌ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । 

यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए ।

तर, सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने, ४ गते ७५३ वटै स्थानीय तहको ध्यानाकर्षण गराउने, ५ गते जिल्ला आन्दोलन परिचालन समिति गठन गर्नेलगायत ९ र १० गते काठमाडौंको माइतीघरमण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने परिषद्‌को तयारी छ । 

आन्दोलनको झण्डै एक महिनापछि बुधबार राति सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको थियो । सहमतिसँगै शिक्षक आन्दोलन फिर्ता भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्