२९ जेठ २०८३, शुक्रबार
सरकारी स्कूलको फेरिँदो परिभाषा

बोर्डिङ सुकाउँदै रुपन्देहीका सरकारी स्कूल, हरेक वर्ष उत्कृष्ट नतिजा, भर्ना पाउनै मुस्किल

बैशाख १९, २०८२
काठमाडौं
बोर्डिङ सुकाउँदै रुपन्देहीका सरकारी स्कूल, हरेक वर्ष उत्कृष्ट नतिजा, भर्ना पाउनै मुस्किल
कालिका मानवज्ञान मावि

सुविधासम्पन्न भौतिक पूर्वाधार, दरिलो व्यवस्थापन, गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यमको पढाइले पछिल्ला वर्षहरूमा रुपन्देहीका सामुदायिक (सरकारी) विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । संस्थागत (बोर्डिङ) स्कूल छाडेर सरकारी स्कूलमा विद्यार्थी भर्नाको लर्को नै लाग्न थालेको छ । झट्ट हेर्दा कुनै  ‘विश्वविद्यालय’जस्ता देखिने केही सामुदायिक स्कूलमा विद्यार्थीको चाप थेग्न नसकेर भर्नाका लागि आएका हजारौं छात्र/छात्रालाई फर्काउनुपर्ने बाध्यता छ ।  ​

कुनै बेला सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढ्छन् भन्न हिच्किचाउने अभिभावक अहिले गर्व महसुस गर्छन् । टाई, बेल्ट र जुत्तामा सजिएका छोरा/छोरीलाई लिन सरकारी स्कूलका गाडी आउँदा  अभिभावक पनि प्रफुल्लित छन् । परीक्षार्थी संख्या, उत्तीर्ण विद्यार्थी र तिनले प्राप्त गरेको श्रेणीका आधारमा विश्लेषण गर्दा रूपन्देहीका दर्जन सामुदायिक विद्यालय अब्बल र नमूना ‘दर्ज’ छन् । अहिले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालय मोटाउने र बोर्डिङ स्कूल दुब्लाउने क्रममा छन् । 

७० जिल्लाका ८ हजार विद्यार्थी 

देशका ७० जिल्लाका विद्यार्थी पढ्ने बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय देशभरमै सबैभन्दा बढी विद्यार्थी हुने विद्यालय हो ।

‘सेक्टर वान’ र ‘सेक्टर टु’ गरी सञ्चालन गरिएको कालिकामा झण्डै ८ हजार विद्यार्थी अध्ययनरत छन् । अब्लब जनशक्ति उत्पादन गर्दै आइरहेको विद्यालयमा बिहानको प्रार्थनाका बेला कुनै ‘विश्वविद्यालय’जस्तो देखिन्छ । 

धेरै विद्यार्थीले कालिकामा पढ्न चाहना राखे पनि यो वर्ष स्कूलमा नयाँ ६०० विद्यार्थी मात्र भर्ना लिइएको प्रधानाध्यापक दिनेश थापाले बताए । शिक्षक आन्दोलनका कारण यसपटक विगतका वर्षमा जस्तो चर्चा भने भएन ।

null

भर्नाका लागि आवश्यक संख्या भन्दा धेरै विद्यार्थी आउने हुँदा प्रवेश परीक्षा लिनुपर्ने बाध्यता छ । गत वर्ष ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएको विद्यालयले यो वर्ष ६१६ जना विद्यार्थी एसईई परीक्षा दिएका छन् ।

विद्यालयका हरेक वर्षको एसईई नतिजामा ३.९५ हरेक वर्ष ल्याउने गर्छन् । दिनानुदिन बढ्दै गइरहेको सूचना र प्रविधिलाई अनुशरण गरेर स्कूल अघि बढेको छ । वि.सं. २०१८ मा विद्यालयमा ३०० शिक्षक कर्मचारी कार्यरत स्कूलमा टाढाका विद्यार्थी ल्याउन दर्जन गाडी समेत सञ्चालनमा छन् ।  

विपन्न र सुकुम्बासी बस्तीका विद्यार्थी पढ्ने अब्बल नवीन 

यस्तै, बुटवलकै नवीन औद्योगिक कदरबहादुर रिता माविमा पनि नयाँ विद्यार्थीहरूले भर्ना पाउन हरेक वर्ष मुस्किल पर्छ । 

विपन्न र सुकुम्बासी बस्तीका बालकालिका पढ्ने स्कूलमा पर्ने नवीनमा यसवर्ष नर्सरीदेखि कक्षा ९ सम्म करिब ४०० नयाँ विद्यार्थीको कोटा रहेको शिक्षकहरू बताउँछन् ।

null

विद्यालयको क्षमताका आधारमा नयाँ भर्नाका लागि सिट निर्धारण गरिएको प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको भनाइ छ । भौतिक संरचनाको अभावकै कारण धेरै विद्यार्थी भर्ना गर्न नसकिने उनले बताए । 

‘पर्याप्त कक्षाकोठा नै छैनन्, २० देखि २५ वटा कक्षाकोठा थप गर्नुपर्ने अवस्था छ । शिक्षकहरू पनि थप गर्न सक्ने अवस्था छैन’ प्रअ बस्नेतले भने ।

विद्यालयमा ४ हजार ७०० विद्यार्थीहरू अध्ययनरत छन् भने १७५ जना शिक्षक/कर्मचारी कार्यरत रहेका छन् । 

अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त कान्ति 

यस्तै, सरकारी विद्यालय भएर पनि आफूलाई अब्बल स्थापित गर्ने बुटवलकै अर्को विद्यालय हो, कान्ति मावि । कक्षाकोठाको अभावले गर्दा अभिभावकको इच्छा र आकर्षणका बावजुद पनि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन् ।

‘धेरै विद्यार्थी भर्ना गर्नका लागि हामीसँग पर्याप्त कक्षाकोठा छैनन् । हरेक वर्ष सीमित कोटाका कारण धेरै विद्यार्थीलाई फिर्ता गर्न बाध्य छौं,’ प्रअ ज्ञवालीले भने, ‘अहिले होस्टेलमा समेत कक्षा सञ्चालन गरिरहेका छौं । एउटै कक्षामा ५५/६० जनासम्म विद्यार्थी राख्नुपर्ने बाध्यता छ । एउटा कक्षामा ४०–४५ जनासम्म विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न पाए विद्यार्थीहरूलाई सहज हुन्थ्यो ।’ 

null

गत वर्ष कान्तिमा ८०० नयाँ विद्यार्थी भर्ना भएका थिए । कक्षा नर्सरीदेखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमका कक्षाहरू पूर्ण रूपमा प्रविधिको प्रयोग गरी सञ्चालन हुँदै आएको छ । कान्तिमा ५ हजार ६०० विद्यार्थीहरू अध्ययनरत छन् भने २१७ जना शिक्षक कर्मचारी कार्यरत छन् । 

कान्ति अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त (आईएसओ सर्टिफाइड) स्कूल समेत हो । कान्तिबाट पनि यो वर्ष ६०० भन्दा बढी विद्यार्थी एसईईमा सहभागी छन् । 

शान्तिमा किताबी ज्ञानसँगै जीपनपयोगी सीप

यस्तैगरी, तिलोत्तमा– ५ मणिग्रामस्थित शान्ति नमूना माविमा पनि हरेक वर्ष विद्यार्थीको संख्या बढ्दो छ । विद्यालयमा शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएपछि विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो ।

सीमित कोटाका कारण बाहिरबाट आउने विद्यार्थीलाई भर्ना गराउन नसकिएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले बताए । विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी सीप पनि सिकाउने गरिएको छ । 

विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको उनले बताए । हाल यस विद्यालयमा ६ हजार ४०० विद्यार्थीहरू अध्ययनरत छन् भने, २४० जना शिक्षक कर्मचारी रहेका छन् । रूपन्देहीमा ७८३ वटा सामुदायिक र २९८ वटा संस्थागत विद्यालय रहेका छन् । 

null

धेरै विद्यार्थी भएका सामुदायिक विद्यालय लुम्बिनी प्रदेशमा धेरै 

देशका सामुदायिक विद्यालयमध्ये धेरै विद्यार्थी अध्ययनरत स्कूल लुम्बिनी प्रदेशमा छन् । कालिका, कान्ति, शान्तिसँगै दाङको पद्मोदय मावि तुलसीपुर, नेपाल आदर्श मावि कपिलवस्तु पनि धेरै विद्यार्थी भएका देशका १५ वटा स्कूलभित्र पर्छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका सूचना अधिकारी अमर केसीका अनुसार रूपन्देहीमा २ हजार बढी विद्यार्थी संख्या भएका ९ वटा सामुदायिक विद्यालय छन् । कालिका, नवीन, कान्ति र शान्ति नमूनासहित ९ वटा विद्यालयहरू रहेको उनले जानकारी दिए । सैनामैनाको सैनामैना मावि, सियारीको पब्लिक मावि, भैरहवाको रुपन्देही लीलाराम न्यौपाने मावि, रोहिणीको रामनरेश मावि र सैनामैनाको रामपुर माविमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 

null

सरकारी स्कूलले गुणस्तरमा सुधार ल्याए 

मेहनत गर्ने शिक्षक, चुस्त व्यवस्थापन र सहयोगी अभिभावकको समन्वय भए सामुदायिक स्कूल संस्थागत (बोर्डिङ) भन्दा अब्बल बन्न सक्छन् । बोर्डिङलाई जितिसकेका सामुदायिक विद्यालय बढ्दै गएका छन् । अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याएपछि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न थालेका बताउँछन् ।

‘सुविधासम्पन्न भौतिक संरचना, पढाइमा प्रतिस्पर्धाको भावना, पढाउने नयाँ प्रविधिको विकास, सीपयुक्त जनशक्ति र निःशुल्क शिक्षाका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो,’ ज्ञवाली भन्छन्, ‘विद्यालयमा भएको निःशुल्क शिक्षा र वृद्धि हुँदै गइरहेको गुणस्तरीय शिक्षा, एसईईमा सामुदायिक विद्यालयको राम्रो नतिजाका कारण अभिभावक र विद्यार्थीको आकर्षण बढेका छ ।’ 

विद्यार्थी संख्याको आधारमा दरबन्दी नहुँदा ठूला स्कूलले निजी स्रोतमा धेरै शिक्षक राखेका छन् । शिक्षक कर्मचारीलाई तलब भत्ताका लागि अभिभावकको सहयोग लिने गर्छन् । अहिले देशभरका सामुदायिक विद्यालयहरूमा भर्ना अभियान सञ्चालन हुनुपर्ने हो, तर शिक्षा ऐन जारी गर्न माग गर्दै विगत २७ दिनदेखिको शिक्षकहरूको आन्दोलनले अभियान ठप्प छ । 

विद्यालयबाहिर भएका बालबालिकालाई विद्यालयमा ल्याउनका लागि तीनै तहका सरकारले सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन हरेक वर्ष गर्ने गर्छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्