२५ जेठ २०८३, सोमबार

पहलगाम आतंकवादी हमलाको विरोधमा पाकिस्तानी दूतावासमा ज्ञापनपत्र

बैशाख १९, २०८२
काठमाडौं
पहलगाम आतंकवादी हमलाको विरोधमा पाकिस्तानी दूतावासमा ज्ञापनपत्र

नेपाल–भारत आदिवासी जनजाति मैत्री संघले काश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको विरोधमा शुक्रबार पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

संघले महाराजगञ्ज चुनदेवीमा रहेको पाकिस्तानको दूतावासमा जुलुससहित गएर ज्ञापनपत्र बुझाएको हो । 

घुम्न गएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोध गर्दै पाकिस्तानी दूतावासका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष विनोदकुमार गुरुङले जानकारी दिए । पहलगाम हत्याकाण्डको विरोधमा दैनिक जसो पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन भएको छ । 

अध्यक्ष गुरुङले भारत घुम्न गएका नेपालीहरू असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताए । डा. बुद्धिबहादुर गुरुङलगायत पनि विरोध र्‍यालीमा सहभागी थिए ।

गत वैशाख ९ गते पहलगाममा भएको आतंकवादी हमलामा १ नेपाली सहित २६ जना हिन्दूको हत्या गरिएको थियो । पहलगाम घटनामा पाकिस्तानको संलग्नता रहेको भारतले बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्