२३ जेठ २०८३, शनिबार

त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाइने

बैशाख १९, २०८२
काठमाडौं
त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाइने
फाइल फोटो

सरकारले त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको बनाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अहिले सरकारले क्रिकेट मैदानमा प्यारापिट, फ्लडलाइटसहितका पूर्वाधार बनाइरहेको छ । भौतिक पूर्वाधारको काम पछिल्लो महिनायता तीव्र रूपमा भइरहेको छ ।

यसै मैदानलाई थप आधुनिक बनाउने गरी सरकारले नीति कार्यक्रममार्फत प्राथमिकतामा राखेको हो । ​

त्रिविस्थित मैदान नेपालको राष्ट्रिय क्रिकेट टिमले धेरै प्रतियोगिता खेल्ने मैदान हो ।

सरकारको नीति कार्यक्रममा देशका अन्य स्थानका रंगशाला र खेलसम्बन्धी पूर्वाधारमा सरकारका तीनै तह र निजी क्षेत्रको सहभागिता पनि सुनिश्चित गर्ने गरी कानूनी प्रबन्ध मिलाइने घोषणा पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्