१९ असार २०८३, शुक्रबार

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले स्वदेश फिर्ता

बैशाख १९, २०८२
काठमाडौं
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले स्वदेश फिर्ता

३ दिने नेपाल भ्रमण पूरा गरी भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले दिल्ली फर्केका छन्।

स्वदेश फर्किने क्रममा उनले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेट अत्यन्त फलदायी रहेको बताए ।

यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास उनले व्यक्त गरेका छन्।​

आतंकवादविरुद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्