०८ साउन २०८३, शुक्रबार

धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

बैशाख २०, २०८२
म्याग्दी
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

चालु वसन्तयाममा जिल्लाको धवलागिरि गाउँपालिका-४ स्थित धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगेको छ । टोलीका प्रमुख लाक्पा शेर्पाले धवलागिरि हिमालको तेस्रो आधार शिविरमा पुगेसँगै आरोहणका लागि मार्ग बनाउने र रोप फिक्सिङ (डोरी टाग्ने) काम भइरहेको जानकारी दिए। 

'मसहित छ जना शेर्पाको टोली बाटो बनाउँदै समुन्द्री सतहबाट सात हजार १०० मिटर उचाइमा रहेको तेस्रो आधार शिविर पुगेका छौँ,' उनले भने, 'मौसमले साथ दिएमा एक-दुई दिनमा बाटो बनाएर आरोहीलाई चुचुरोमा पुर्‍याउँछौँ ।'

सेभेन समिट ट्रेक र १४ प्रिक्स एक्सीडिसनमार्फत पर्वतारोहीले धवलागिरि चढ्न लागेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहण गर्न दुई समूहका छ महिला र नौ जना पुरुषले अनुमति लिएका छन् ।

गत शरदयाममा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । लाक्पाको नेतृत्वमा तारामान तामाङ, प्रेम दोर्जे शेर्पा, पूर्वकुसाङ गुरुङ, पासाङ नर्वु शेर्पा र पेम्बा चुम्बी शेर्पाको टोली धवलागिरिको तेस्रो आधार शिविर पुगेको छ । 

छिनछिनमा परिवर्तन हुने मौसम आरोहणका लागि चुनौती बनेको शेर्पाले बताए । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्