२२ जेठ २०८३, शुक्रबार

लण्डनको थेम्स नदीमा नेपाली विद्यार्थीको शव भेटियो

बैशाख २०, २०८२
काठमाडौं
लण्डनको थेम्स नदीमा नेपाली विद्यार्थीको शव भेटियो

लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । 

लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। 

गत मङ्गलबार फेला पारेको शव नेपाली  विद्यार्थीको हुनसक्ने आशङ्कामा  लन्डन  प्रहरीले औँठा छाप परीक्षण गर्दा  शव नेपाली  विद्यार्थीको भएको पुष्टि भएको हो । 

दूतावासले नेपालीको राहदानी विभागबाट  मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग सो औँठा छाप मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिए । 

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उनको भनाइ छ । 

शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्वय भइरहेको उनले जानकारी दिए । अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत  क्याम्पसका  विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्