१४ असार २०८३, आइतबार

मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

बैशाख २०, २०८२
काठमाडौं
मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

काठमाडौंको नागार्जुनमा १ जनाको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका- ३ रातामाटे बस्ने सिन्धुली फिक्कल गाउँपालिका- ५
घर भएका ४५ वर्षीय सन्तोष माझीको हत्या अभियोगमा उनकै भान्जा नाता पर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरज तामाङ छन् । उनलाई प्रहरीले  शुक्रबार दिउँसो पक्राउ गरेको हो ।​

सुरजले फलामको पाइप प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्