१५ असार २०८३, सोमबार

माधव नेपालले भने- एकीकृत समाजवादी राष्ट्रिय दल बन्न नसक्नुको कारण

बैशाख २०, २०८२
काठमाडौं
माधव नेपालले भने- एकीकृत समाजवादी राष्ट्रिय दल बन्न नसक्नुको कारण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७९ को निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय दल बन्न नसक्नुको कारण खुलाएका छन् ।

शनिबार काठमाडौंमा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन उद्‌घाटन समारोहमा उनले गत निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने बताए । 

एकीकृत समाजवादीलाई जनमतको कमी नरहेको जिकिर गर्दै उनले भने, 'हाम्रा साथीहरू लाखौंको संख्यामा संगठनमा आबद्ध छन् । एनजीओ, आईएनजीओमा संलग्न छन् । तिनीहरूको लाखौं भोट यो पार्टीमा ल्याउन लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौं,' उनले भने, 'हामीसँग जनताको मतको कमी छैन ।' 

पार्टीलाई बलियो बनाउनेतर्फ लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्