०४ असार २०८३, बिहीबार

बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

बैशाख २०, २०८२
काठमाडौं
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्धः राजदूत घिमिरे

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चाल्र्स तृतीयले नेपालको सहयोगमा बेलायती साथ र सहयोग रहने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । 

आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि दूतावासमा आयोजित विशेष कार्यक्रममा उनले राजा चाल्र्सको नेपाल र नेपाली जनताप्रति माया, सद्भाव रहेको बताएको जानकारी दिए । 

राजदूत घिमिरेले राजाले नेपालको विकासलाई प्राथमिकता दिँदै आर्थिक प्रगतिका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता जनाएको जानकारी दिए। भेटका क्रममा राजा चाल्र्सले आफू राजकुमार हुँदा नेपालमा भएका भ्रमणको स्मरण गर्दै नेपालप्रति आफ्नो अगाध माया दर्शाएको उनको भनाइ छ । 

दुई देशबीचको भौतिक दूरी टाढा भए पनि बेलायत नेपालको विकासमा एक असल मित्र र साझेदार निकाय भएको भन्दै राजदूत घिमिरेले सन् २०१५ को भूकम्प र सन् २०१९ को कोभिड महामारीमा बेलायतले गरेको सहयोगको प्रशंसा गरे । 

salt training

कमेन्ट गर्नुहोस्