२३ जेठ २०८३, शनिबार

बारामा भएको सवारी दुर्घटनामा चारको मृत्यु

कात्तिक २०, २०७४
बारामा भएको सवारी दुर्घटनामा चारको मृत्यु
सिमरा २५ मङ्सिर - बारामा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

जन्ती बोकेर वीरगन्जबाट हेटाँैडातर्फ गइरहेको ना ६ क ७६५४ नं। को बस र हेटाँैडाबाट पूर्वतर्फ जाँदै गरेको बा १२ च ८२९० नं।को कार बाराको पथलैया अमलेखगन्ज सडकखण्डको अदाभारमा आज बिहान ७ बजेर ३० मिनेट जाँदा एकआपसमा ठोक्किन पुग्दा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारका चालक खोटाङ मगलटार गाविस– ४ का २३ बर्षिय दीपक थापा आलेमगर, सोहि ठाउँका महेन्द्र आले, सुनसरी इटहरी झुम्का रामधनी नपा– ८ का २५ वर्षीय कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिस आले रहेका छन् । ती मध्ये चालक दीपक थापा आलेमगरको घटनास्थलमै र बाँकी तिनै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरु इटहरी– ४ का २६ वर्षिय कमलबहादुर आले, उनका श्रीमति २८ वर्षीया एशोदा थापा र १६ महिनाकी छोरी आशना आलेलगायत सात जनाको बीरगन्ज र हेटौडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्