१० साउन २०८३, आइतबार

कांग्रेस सांसदले गरे नयाँ जातीय वर्गीकरणको प्रस्ताव– शिक्षक र पुजारी ब्राह्मण, नेता र कर्मचारी शूद्र !

बैशाख २१, २०८२
काठमाडौं
कांग्रेस सांसदले गरे नयाँ जातीय वर्गीकरणको प्रस्ताव– शिक्षक र पुजारी ब्राह्मण, नेता र कर्मचारी शूद्र !

नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले जातीय छुवाछुत अन्त्यका लागि नेपालमा ४ जाति बनाउने प्रस्ताव गरेका छन् । 

विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले पेश गरेको दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी आवश्यकतासम्बन्धी प्रतिवेदनमाथि आइतबार राष्ट्रिय सभामा भएको छलफलमा भाग लिँदै कांग्रेस सांसद मिश्रले ४ वर्णको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । 

‘देशले क्रान्ति ल्याओस् भन्नका लागि नयाँ कानूनको प्रस्ताव गर्न चाहन्छु । स्कूलका सबै शिक्षक र मन्दिरमा पूजा गर्ने मानिसलाई ब्राह्मण जातको बनाउनु पर्छ’ सांसद मिश्रले भने, ‘लडाईं गर्ने प्रहरी, मिलिटरी क्षेत्रीय जातिमा परिणत गर्नुपर्छ । व्यापार गर्नेलाई वैश्य जातिमा परिणत गर्नुपर्छ । राजनीति गर्ने राजनीतिक कार्यकर्ता र कर्मचारी र सेवा भावनाबाट प्रेरित भएकालाई शूद्र जातिमा कन्भर्ट गर्नुपर्छ ।’

चार जातको व्यवस्था गरेमा विश्वबाटै जातीय प्रथा उन्मुलन हुन सक्ने र यसका लागि नेपालले अग्रणी भूमिका खेल्न सक्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्