१४ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

बैशाख २१, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकानी भएको जनाइएको छ । 

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्