१३ असार २०८३, शनिबार

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

बैशाख २१, २०८२
काठमाडौं
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा
फाइल फोटो

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो । 

सडक मर्मत सम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ । 

दिउँसो ३:३० बजेको अपडेटअनुसार यस्तो छ मुख्य राजमार्गको अवस्था

null

salt training

कमेन्ट गर्नुहोस्