
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान निर्मार्णपछि जनताले विकास निर्माणको अपेक्षा गरेको बताएका छन् । विकास निर्माणका लागि जनताले कांग्रेसको नेतृत्व चाहेको बताएका छन् ।
रिपोर्टर्स क्लबको अन्तरक्रियामा कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै हुने दाबी गरे ।
यसपटकको चुनावमा प्रतिनिधिसभातर्फ ७० देखि ८० सिटसम्म कांग्रेसले जित्ने कोइरालाको आँकलन छ । वाम गठबन्धनले साम्यवाद ल्याउने हल्ला चलाएकाले जनताले कांग्रेसलाई मतदान गर्ने कोइरालाको दाबी छ । एमाले–माओवादी एक हुनु कांग्रेसका लागि वरदान भएकोसमेत कोइरालाले बताए ।