०१ असार २०८३, सोमबार

चुनावी दौडधुपले नारायणकाजी बिरामी, अस्पताल भर्ना

मंसिर १५, २०७४
चुनावी दौडधुपले नारायणकाजी बिरामी, अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बिरामी परेका छन् । 

गोरखा क्षेत्र नम्बर दुईबाट वाम गठवन्धनका उम्मेदवारसमेत रहेका श्रेष्ठ विरामी परेपछि अस्पताल भर्ना भएका छन् । 

चुनावी दौडधुपका कारण श्रेष्ठ बिरामी परको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बतााए । 

श्रेष्ठको ललितपुरको किस्ट अस्पतालमा उपचार भइरहेको छ । 

गोरखामा चुनावी प्रचार एवं घरदैलोको क्रममा समेत श्रेष्ठ लडेर घाइते भएका थिए । 

उनीसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चुनावी मैदानमा छन् । गोरखामा मंसिर १० मा चुनाव सम्पन्न भएको छ । हारजितको फैसला भने मंसिर २१ पछिको मतगणनाले टुंगो लगाउने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्