१३ असार २०८३, शनिबार

‘मौलिक पहिचानको राजनैतिक हल हुनुपर्छ’

मंसिर १५, २०७४
‘मौलिक पहिचानको राजनैतिक हल हुनुपर्छ’

काठमाडौं, १५ मंसिर - राजधानी काठमाडौंका आदिबासी नेवार समुदायको मौलिक पहिचान जोगाउँन आफु प्रतिबद्ध रहेको विभिन्न राजनैतिक दलका नेताहरुको बताएका छन् । नेवार समुदायको हीतमा लामो समयदेखि काम गरिरहेको गैर सरकारी संस्था ह्याउनुबा तुचले शुक्रबार राजधानीमा आयोजना गरेको विभिन्न राजनैतिक दलहरुसँग चुनावी राष्ट्रिय अन्तरक्रिया कार्यक्रमका वक्ता तथा विभिन्न चार दलका नेताहरुले नेवार समुदायको पहिचान जोगाउँदै उपत्यकाबाहिरबाट आएका नेपालीहरुको व्यवस्थापनमा गम्भीर भएर काम गर्ने बताएका हुन् ।

   विभिन्न राजनीतिक दलहरुले आफ्नै किसिमले आश्वासन दिँदै भोट मागिरहेका बेला आयोजकले जुन राजनीतिक दलले आफ्नो पहिचानबारे बोल्छ उही उम्मेदलाई मत दिने भन्दै आफ्ना माग राखेपछि कार्यक्रममा राजधानी उपत्यकाका रैथाने नेवार समुदायका पहिचान तथा आर्थिक सम्बृद्धि बारे छलफल भएको थियो । 


कार्यक्रममा वक्ताका रुपमा रहेका संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेद्वार डां पुष्पराज राजर्णिकारले सबै नेपालीको अधिकार नेपालभरी नै उत्तिकै भए पनि राजधानीका उपत्यकाको पहिचान रहने गरी व्यवस्थित गर्नुपर्ने बताए । भूमीको स्वामित्वमा अग्राधिकार रहनुपर्नेमा जोड दिँदै उनले भने, ‘सबै नेपालीहरुको मौलिक पहिचान जोगाउन संबिधानले बोल्नुपर्छ, त्यसका लागि सबै राजनैतिक दलहरु लाग्न जरुरी छ ।’
कार्यक्रमका अर्का वक्ता नयाँ शक्ति नेपालका प्रवक्ता प्रसान्त सिंहले पहिचानका विषयमा आउका जनताका विषयलाई हामी राजनीतिक रुपमा समाधान गर्न नसके भविष्यमा समस्ष आउने बताउँदै भने, ‘हामीले अहिले आएका पहिचानका विषयलाई राजनैतिक रुपमा हल गर्नैपर्छ, हाम्रा पुर्खाले कामका आधारमा बनाएको जातीय पहिचानको मुद्दाले अलिहे कोही पनि कमजोर हुनुहुन्न । त्यकारण सबैको जातीय सम्मान र पहिचान हुनु जरुरी छ । उपत्यकाका नेवार समुदायको पहिचान अझै महत्वपूर्ण छ जहाँ नेपालको राजधानी छ ।’


नेपा राष्ट्रिय पार्टीका अध्यक्ष क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्र नम्बर ७ क का उम्मेद्वार डा विजय सेंजुले नेपा राज्य स्थानिाकै लागि स्थापित पार्टी जहिले पनि नेवार समुदायको मुद्दा बोकिरहेको बताउँदै भने, ‘७० वर्षको लामो संघर्षपछि व्यवस्था फेरियो तर अवस्था फेरिएन, विश्वबजारमै पहिचानको चर्चित नेपालका हरेक जाती तथा समुदायको पहिचानबारे राजनीतिक रुपमै गम्भीर भइएन भने भविष्यमा असहज अवस्था आउनसक्छ ।’


विवेकशील साझा पार्टीका प्रवक्ता रमेश पौडेल जातीय तथा सांस्कृतिक पहिचानका लागि सबैले लागि पर्नुपर्ने बताउँदै सबैभन्दा पहिले सबै जातीका हरेक व्यक्तिलाई गरिखाने वातावरण बनाउनुपर्नेमा जोड दिँदै भने, ‘अहिले संबैधानिक परिवर्तन भन्दा पनि भएको व्यवस्थालाई सफल कार्यान्वयन गराउनुपर्छ, त्यसपछि सबै जातीका सबै मानिसलाई गरिखाने वातवरण सृजना गर्नुपर्छ । पहिचान जोगाउँनेबारे सबैले सजग हुनुपर्छ । हाम्रो पार्टीको पनि साथ रहेको छ ।’


कार्यक्रममा चारवटै पार्टीले यो चुनावबाट राष्ट्रिय पार्टी बन्नुे दाबी गरेका थिए । कार्यक्रममा चुनावी गठबन्धनबारे पनि छलफल भएको थियो ।  कार्यक्रमको संयोजन तथा सहजिकरण पत्रकार मल्लके सुन्दरले गरेका थिए । 

अन्तरक्रिया कार्यक्रमको अनलाईन मिडिया पार्टनर लोकान्तर डट कम रहेको थियो । 

कमेन्ट गर्नुहोस्