२७ असार २०८३, शनिबार

सत्ता गठबन्धनमा समस्या छैन- देउवा

बैशाख २३, २०८२
काठमाडौं
सत्ता गठबन्धनमा समस्या छैन- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको प्रस्ट्याएका छन् ।

वैशाख १२ थाइल्याण्डबाट फर्किँदा गठबन्धनमा समस्या नरहेको सामान्य प्रतिक्रिया दिएका देउवा त्यसयता चुपचाप बसेका थिए । तर मंगलबार केन्द्रीय कार्यालय सानेपामा भएको एक कार्यक्रममा भने देउवाले एमालेसँगको गठबन्धनमा कुनै समस्या नरहेको बताएका हुन् ।

साथै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्तिमा ढिलाइ नभएको पनि प्रस्ट्याएका छन् ।

‘सत्ता गठबन्धनमा कुनै समस्या आएको छैन,’ पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा देउवाले भने, ‘गभर्नरको नियुक्ति ढिलो भएको पनि प्रधानमन्त्रीजीको कारण होइन । राष्ट्र बैंक भित्रकै समस्याले गर्दा हो ।’

शिक्षक आन्दोलन, गभर्नरसहितका नियुक्तिको विवादले सत्ता समीकरणमा खटपट आएको चर्चाका बीच देउवाले फेरि गठबन्धनमा समस्या नरहेको प्रस्ट्याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्