१८ असार २०८३, बिहीबार

सनाखत नहुँदा चार दिनदेखि अस्पतालमै शव

बैशाख २३, २०८२
तनहुँ
सनाखत नहुँदा चार दिनदेखि अस्पतालमै शव

तनहुँको व्यास नगरपालिका–४ जलदेवी टोलस्थित सडक छेउमा यही वैशाख १९ गते फेला परेका एक व्यक्तिको निधन भए पनि अझै सनाखत हुनसकेको छैन । 

 बेवारिसे अवस्थामा फेला परेको अन्दाजी ४०/४५ वर्षीय पुरुषलाई बिरामी अवस्थामा फेला पारेर उद्धार गरी अस्पताल पठाइएकामा सोही दिन साँझ मृत्यु भएको थियो । उक्त शव चार दिनदेखि प्रदेश अस्पताल दमौलीमा राखिएको र हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । 

खैरो रङको ज्याकेट, निलो रङको पाइन्ट लगाएको, पाँच फिट छ इन्च उचाइ भएको ती पुरुषलाई कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्