२३ जेठ २०८३, शनिबार

एनिमल रेस्क्यु सेन्टर' लाई  बेलायतबाट सहयोग

बैशाख २३, २०८२
काठमाडौं
एनिमल रेस्क्यु सेन्टर' लाई  बेलायतबाट सहयोग

 चार सयभन्दा बढी कुकुरको उद्धारपछि उपचार तथा हेरचाह गर्दै आइरहेको श्रीज एनिमल रेस्क्यु नेपाललाई बेलायतमा रहेका नेपालीहरुले सहयोग गरेका छन्।

बेलायतस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यको सक्रिय पहलमा संकलित आर्थिक सहयोगबाट उक्त केन्द्रमा रहेका कुकुरका लागि चामल, बिस्कुट, अण्डा लगायतका खाद्य सामग्रीहरू प्रदान गरिएको हो।

गोकर्णेश्वरस्थित श्रीज एनिमल रेस्क्यु सेन्टरमा आयोजित कार्यक्रममा कम्युनिटी पार्टनर नेपालका अध्यक्ष बासुदेव न्यौपानेले सो सामग्रीहरू केन्द्रका व्यवस्थापक सुमन सिंहलाई हस्तान्तरण गरेका थिए।

नेपालब्रिटेन मिडियाको १७औं वार्षिकोत्सवका अवसरमा संकलित सहयोग रकमबाट यो सामग्री प्रदान गरिएको अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्