२१ असार २०८३, आइतबार
मध्यरातमा हमला

पहलगाम आक्रमणको १५ दिनपछि भारतले गर्‍यो पाकिस्तानमाथि आक्रमण

बैशाख २४, २०८२
काठमाडौं
पहलगाम आक्रमणको १५ दिनपछि भारतले गर्‍यो पाकिस्तानमाथि आक्रमण

भारतले बुधबार राति पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका आतंकवादी दाबी गरिएका शिविरहरूमा आक्रमण गरेको छ । पहलगाम आक्रमणको १५ दिनपछि भारतले जवाफी कारबाही गरेको हो । 

पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार आक्रमणमा ३ सैनिकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

'अपरेशन सिन्दूर' नाम दिइएको उक्त कारबाहीमा भारतीय सेनाले कुल ९ स्थानहरूलाई लक्षित गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरिएको छैन । 

यता  पाकिस्तानी सेनाको मिडिया शाखाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। उनले यसलाई कायरतापूर्ण आक्रमण भनेका छन्।

डनको रिपोर्ट अनुसार जनरल चौधरीले पाकिस्तानले यस आक्रमणको उचित जवाफ दिने बताएका छन् । २२ अप्रिलमा कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो। यसमा २६ पर्यटकको मृत्यु भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्