०२ असार २०८३, मंगलबार

अज्ञात गाडीको ठक्करबाट एकाबिहानै एकको मृत्यु

कात्तिक २०, २०७४
अज्ञात गाडीको ठक्करबाट एकाबिहानै एकको मृत्यु


चितवन, ६ माघ - पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।accident

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उनको भनाइ छ । उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रारम्भिक जानकारीमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्