०३ असार २०८३, बुधबार

१ नं प्रदेशमा  २० सीट जित्ने कांग्रेसको दाबी

मंसिर १५, २०७४
१ नं प्रदेशमा  २० सीट जित्ने कांग्रेसको दाबी

मोरङ, १५ मंसिर - वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश नं १ का २८ मध्ये २० सीटमा विजयी हुने दाबी गरेका छन्  । 

मोरङको उर्लाबारीमा आज काँग्रेस नगर समितिले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दैै उनले  वाम गठबन्धनका कारण काँग्रेसलाई कुनै असर नपर्ने बताए  । 

देशको आर्थिक र सामाजिक विकासमा काँग्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले विकास निर्माण, सडक कालोपत्रे, गरिबी उन्मूलन र सञ्चार क्षेत्रमा भएका परिवर्तन पनि काँग्रेस नेतृत्वकै सरकारले गरेको दाबी गरे  । 

सो अवसरमा राप्रपा उर्लाबारीका पूर्व नगर अध्यक्ष लोकबहादुर कट्वाल, नगर उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विमल निरौला, उपाध्यक्ष जीवन पोमु, महाधिवेशन प्रतिनिधि रामजी थापालगायत काँग्रेस प्रवेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्