२६ असार २०८३, शुक्रबार

पुटिनले गरे युक्रेनसँग 'सीधा वार्ता'को आह्वान

बैशाख २८, २०८२
काठमाडौं
पुटिनले गरे युक्रेनसँग 'सीधा वार्ता'को आह्वान

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता शुरू गर्न चाहेको बताएका छन् । उनले मे १५ बाट कुराकानी शुरू हुने बताएका छन् ।

शनिबार अबेर राति टीभीमार्फत् जनतालाई सम्बोधन गर्दै पुटिनले भने, 'हामी चाहन्छौं कि वार्ता गम्भीर होस् ताकि युद्धको जरासम्म पुग्न सकौं र बलियो र दिगो शान्ति स्थापना गर्न सकौं।'

शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गर्दा उनको भनाइ आएको हो।

यस भ्रमणको क्रममा दुवै नेताले रुससँग ३० दिनको निःशर्त युद्धविरामको माग गरेका थिए।

रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने बताए, तर चेतावनी दिए कि दबाब दिनु बेकार छ।

पुटिनले टर्कीको इस्तानबुल शहरमा गर्न चाहेको यी वार्ताहरूले नयाँ युद्धविराम वा सम्झौतामा पुर्‍याउन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताए। उनले आइतबार यस विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग विस्तृत रूपमा कुरा गर्ने बताएको बीबीसीले जनाएको छ । युक्रेनले अहिलेसम्म यो वार्ताको निमन्त्रणाको जवाफ दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्