१७ असार २०८३, बुधबार

सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बैशाख २८, २०८२
झापा
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धारिलो हतियार घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा झापाको कनकाई नगरपालिका– २ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।

३४ वर्षीया श्रीमती पूजा हेमरनलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कविराजलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 'दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । उनलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो,' उनले भने ।

घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्