१६ असार २०८३, मंगलबार

देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्छ-  कृष्णप्रसाद सिटौला

बैशाख २८, २०८२
काठमाडौं
देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्छ-  कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताएका छन्  ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सहभागी हुँदै उनले आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । 

शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्त्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्ति प्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्ने बताए । 

नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की (अछामी)ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका जनताका अपेक्षानुसार आगामी आवको बजेट प्रस्तुत हुनुपर्ने बताए । 

नेकपा (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका आयोजनालाई व्यवस्थित ढंगले कार्यान्वयन गर्नुपर्ने बताइन् । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । 

नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रको ढुकुटी हेरेर बजेट बनाउनुपर्नेमा जोड दिँदै विगतको तुलनामा यो वर्ष नीति तथा कार्यक्रम नयाँ ढंगले आएको उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्