
जिल्ला कारागार कार्यालय जाजरकोटमा रहेका एक थुनुवा मृत भेटिएका छन् ।
जबर्जस्ती करणी मुद्दामा जाजरकोट जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका भेरी नगरपालिका-१० का २५ वर्षीय दीपक बुढा कारागारभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
बुढा आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले लोकान्तरलाई जानकारी दिए ।
जिल्ला अदालतले २०८१ चैत ५ गते बुढालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । उनको मुद्दामा अदालतबाट फैसला हुन बाँकी छ ।