२३ असार २०८३, मंगलबार

तीनकुने आगजनी र तोडफोड प्रकरणमा अनिल बाबा पक्राउ

बैशाख २८, २०८२
काठमाडौं
तीनकुने आगजनी र तोडफोड प्रकरणमा अनिल बाबा पक्राउ

काठमाडौंको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति मोरङ जिल्ला, विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय अनिल बस्नेत (अनिल बाबा) हुन् ।  जो शिव सेना नेपालका अध्यक्ष रहेको प्रहरीले जनाएको छ । 

उनी “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ । 

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप अनुमति लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्