२७ असार २०८३, शनिबार

प्रचण्डलार्इ लक्षित गर्दै विक्रम पाण्डेले भने- मतपत्र च्यात्नेलार्इ जनताले भोट हाल्दैनन्

मंसिर १६, २०७४
प्रचण्डलार्इ लक्षित गर्दै विक्रम पाण्डेले भने- मतपत्र च्यात्नेलार्इ जनताले भोट हाल्दैनन्

चितवन, १६ मंसिर - वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुःख दिनेजस्ता काम गरेकालाई जनताले यसपटक सवक सिकाउने बताउनुभयो । 

जनताले अहिले आश्वासन नभई विकास चाहेको भन्दै उहाँले यसअघिका योजना सफल बनाउन र आगामी विकासका योजनालाई निरन्तरता दिनका लागि पनि जनताले विवेक पु¥याउने बताउनुभयो । 

“स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने छन्,” उहाँले भन्नुभयो । अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उहाँको भनाइ थियो । 

“व्यक्तिगत फाइदाका लागि जे पनि गर्न हुन्छ” उहाँले भन्नुभयो । 

माओवादी अध्यक्ष दाहालले निर्वाचन जिते चितवनको बदनाम हुने मन्त्री पाण्डेको भनाइ थियो । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनीति गर्दै आएकाले जनताको हरेक पीडा आफूलाई थाहा भएको उहाँले बताउनुभयो । 

“उहाँ भर्खर चितवन आउनुभयो, यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ,” उहाँले भन्नुभयो । दाहाललाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै उहाँले आफूलाई सहजरुपमा भेट्न सक्ने बताउनुभयो । दाहाल यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उहाँको विकल्पमा आफूलाई मतदान गर्ने मन्त्री पाण्डेको विश्वास छ । 

पाण्डेले यस क्षेत्रको विकास गर्दै पहिलो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताउनुभयो । जंगली जनावर यस क्षेत्रको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उहाँले यसलाई व्यवस्थापन गर्न नसक्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको बताउनुभयो । आफूसँग विकासका लागि राम्रा योजना रहेको भन्दै उहाँले विदेशिएका युवालाई स्वदेशमा नै फर्काउने खालका कार्यक्रम आफूले तयार पारेको बताउनुभयो । 

रेवा, राप्ति, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने मनत्री पाण्डेले बताउनुभयो । तटबन्धमाथि सडक निर्माण गरी जनावारलाई बस्ती छिर्नबाट रोक्नेलगायतका काम आफूले गर्ने उहाँको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्