१९ असार २०८३, शुक्रबार

भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

बैशाख २९, २०८२
काठमाडौं
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै

भारत र पाकिस्तानबीच सोमबार दिउँसो १२ बजे वार्ता हुने भएको छ। वार्तामा डीजीएमओबाहेक अरु देशको संलग्नता नरहने बताइएको छ । 

स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले भनेको छ, भारतले युद्धविराम पछि पाकिस्तानका डीजीएमओसँग मात्र कुरा गर्ने छ।

यसैबीच, सीमासँग जोडिएका राजस्थान, पञ्जाब, जम्मू र कश्मीरको अवस्था सामान्य बन्दै गएका छन्। बजारहरू खुल्नुका साथै गतिविधिहरू सामान्य रहेका छन् । 

भारतीय वायुसेनाले अपरेशन सिन्दूरको उद्देश्य हासिल भएको दाबी गर्दै अफवाहबाट भने बच्न अपील गरेको छ।

अपरेशन सिन्दूर (७ मे) को सुरुवातदेखि १० मे सम्मको अवधिमा पाकिस्तानी गोलीबारीमा ७ भारतीय सैनिक (५ सशस्त्र बल, २ बीएसएफ) मारिएका छन् भने ६० जना घाइते भएका छन्। यसबाहेक २७ जना गैरसैनिकको मृत्यु भएको छ। यस्तै पाकिस्तानतर्फ ४० सैनिक र १०० भन्दा बढी आतंककारी मारिएको भारतीय पक्षको दाबी छ । 

यसअघि शनिबार अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धबिरामको सहमति बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्