२६ असार २०८३, शुक्रबार
छैन प्रहरीको नजर

पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित

बैशाख २९, २०८२
बुटवल
पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित
विष्णु पन्थी (पहेँलो शर्टमा)

पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा देखिएका छन् । 

अन्य सांसद सरह उनी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आशनग्रहण गरेका छन् । तर, प्रहरीको उनीतर्फ नजर गएको छैन । 

यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् । 

विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको थियो ।   मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् । 

उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ । उनी लुम्बिनीका पूर्वस्वास्थ्यमन्त्री समेत हुन् । 

यो पनि पढ्नुहोस्- लुम्बिनीका एमाले सांसद पन्थीविरुद्ध पक्राउ पूर्जी जारी, एक वर्षदेखि पक्राउ परेनन्

पन्थीले भने आफू मुछिएको विषय सञ्चारमाध्यमबाट थाहा भएकोमा ध्यानाकर्षण भएको बताएका छन् । 

‘दुई कम्पनीको लेनदेनको  (सामानको बिल भुक्तानी) विवादमा मेरो नाम अनावश्यक मुछिएको कुरामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो सबै घटनाक्रमको जानकारी एकाएक सञ्चारमाध्यमबाट थाहा पाउँदा म छक्क परेको छु र यसको कानूनी रूपमा प्रतिवाद गर्ने सबैको जानकारी गराउँदछु ।’

salt training

कमेन्ट गर्नुहोस्