
प्लास्टिकको फोहरबाट पेट्रोल बनाउने प्रयास कुनै नयाँ होइन । तर शायद यस्तो प्रयास सफल भएको छ जसका कारण व्यवसायीक प्रयोग सफल भएको छ
भारतका एक मेकानिकल इन्जिनियर सतीश कुमारले यसलाई सम्भव बनाएका छन् ।
प्लास्टिकको फोहर पूर्णरुपमा नस्ट हुनका लागि सयौं साल लाग्छ । समस्या यो छ कि त्यो फोहर बगेर समुन्द्रमा पुगिरहेको छ र जम्मा भइरहेको छ ।
अब मेकानिकल इन्जिनियरले यस्तो प्रविधिको विकास गरेका छन् जसले बेकार मानिएको प्लास्तिकको प्रयोग गर्न सकिन्छ ।
सतिशले यहि फोरलाई अन्य चिजका साथ भ्याकुम चेम्बरमा राखेर ३५० देखि ४०० डिग्रिसम्म तातो बनाए ।
यस प्रकृयामा आम रुपमा ५ सय किलोग्राम प्लास्टिकबाट ४०० लिटर इन्धन प्राप्त हुन्छ ।
उनको दाबी छ कि यसबाट २०० देखि २४० लिटर डिजेल तथा ८० देखि १०० लिटर हवाइ इन्धन, ६० लिटर पेट्रोल तथा २० लिटर अन्य पदार्थ उत्पादन हुन्छ ।
सतीश भन्छन् कि उनी हरेक महिना १५ टन प्लास्टिकलाई यसरी निस्तारण गर्न सकिन्छ ।