२५ असार २०८३, बिहीबार

भारतीय राजदूतद्वारा पहलगाम आतंकवादी हमलामा निधन भएका सुदीप न्यौपानेका परिवारसँग भेट

बैशाख २९, २०८२
काठमाडौं
भारतीय राजदूतद्वारा पहलगाम आतंकवादी हमलामा निधन भएका सुदीप न्यौपानेका परिवारसँग भेट

नेपालका लागि भारतीय९ राजदूत नवीन श्रीवास्तवले अप्रिल २२ तारिखका दिन भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली युवा स्वर्गीय सुदीप न्यौपानेका परिवारलाई भेट गरी समवेदना प्रकट गरेका छन् । 

उक्त  हमलामा न्यौपानेसहित २६ जना निर्दोष पर्यटक मारिएका थिए। राजदूत श्रीवास्तज्यूले परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्दै भारत सरकार आतंकवादविरुद्धको लडाइँमा दृढ रहेको र दोषीहरूलाई न्यायको कठघरामा ल्याइने प्रतिवद्धता व्यक्त गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्