१७ असार २०८३, बुधबार

वैशाखमै पनौतीमा एकाएक बाढी

बैशाख २९, २०८२
काठमाडौं
वैशाखमै पनौतीमा एकाएक बाढी

यो वैशाख महिनामै काभ्रेको पनौती क्षेत्रमा सोमबार  एकाएक बाढी आएको छ । दिउँसो परेको वर्षाका कारण  पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा क्षति भएको छ।

बाढीले पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा  २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी प्रहरीले जनाएको छ। 

गत असोजको बाढीमा परी पनौती नगरपालिकामा २२ जनाको मृत्यु भएकोमा सोही स्थानमा अहिले वैशाखमा पनि बेमौसमी वर्षासँगै एकाएक बाढी आएको हो । 

मौसमविद् रोजन लामिछानेले  खोपासी क्षेत्रमा ६ घन्टामै ४३ मिलिमिटर वर्षा भएको बताए । छोटो समयमै यति वर्षा हुनु भनेको धेरै भएको बताउँदै उनले सोही कारण एकाएक बाढी आउने परिस्थिति बनेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्