३१ जेठ २०८३, आइतबार

फेवातालबाट ३ जना पर्यटकको उद्धार

बैशाख २९, २०८२
काठमाडौं
फेवातालबाट ३ जना पर्यटकको उद्धार

सोमबार साँझ पोखरा स्थित फेवातालबाट ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।

काठको डुङ्गामा बोटिङ गरिरहेको अवस्थामा अचानक आएको हावाहुरीका कारण छाल आउँदा अलपत्र तथा जोखिममा  परेका २ पुरुष र १ महिला गरी  ३ जना इजरायली पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट  फेवा रेस्क्यू टावरमा तैनाथ बिपद उद्धार टोलीले  मोटर बोटको सहयोगमा सकुशल उद्धार  गरेको हो ।

 उनीहरूको अवस्था सामान्य रहेको  सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्