पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भासिएको छ । पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो ।
तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय नवलपुका अनुसार खोलामा पानी कम भएकाले वैकल्पिक बाटो बनाएर साना सवारी साधन सञ्चालन गरिएको छ । तर, ठूला र धेरै लोड भएका गाडी भने बाटोमै रोकिएका छन् । यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो ।
यसैगरी बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा पनि सडक अवरुद्ध भएको छ । वर्षाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो ।