२९ असार २०८३, सोमबार

रुस–युक्रेन युद्धमा ७३ नेपालीले ज्यान गुमाए

बैशाख ३०, २०८२
काठमाडौं
रुस–युक्रेन युद्धमा ७३ नेपालीले ज्यान गुमाए

रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका ७३ जना नेपालीले ज्यान गुमाएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यतामात्रै २३ जनाको मृत्यु पुष्टि भएको छ । रुसले युद्धसम्बन्धी पूर्ण तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको बताइएको छ । 

मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ । रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ ।

यस्तै रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्