१३ असार २०८३, शनिबार

राजविराजमा ९ दिवसीय महायज्ञ महोत्सव

बैशाख ३०, २०८२
काठमाडौं
राजविराजमा ९ दिवसीय महायज्ञ महोत्सव

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, राजविराजमा आयोजित श्री सिताराम नाम १००८ मंडपीय संकीर्तन तथा श्रीराम चरित्र मानस ९ दिवसीय महायज्ञ महोत्सव भव्य बनेको छ । नेपाल तथा भारतका विभिन्न भागबाट सहभागी हजारौं श्रद्धालुहरूको उपस्थितिमा महायज्ञ धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सशक्त प्रतीकका रूपमा स्थापित भएको छ।

महायज्ञमा विशेष अतिथि भारतको हिमाचल प्रदेश, काँगडास्थित मठाधीश तथा जगद्गुरु शंकराचार्य श्री श्री १००८ सारदानन्द सरस्वतीको उपस्थिति रहेको थियो। यज्ञको सम्पूर्ण व्यवस्थापन दायित्व दीपेन्द्र चौधरीले सम्हालेका थिए भने गजेन्द्र मण्डल, गणपति पण्डित कुम्हार (अध्यक्ष), दिनेश यादव (सह–अध्यक्ष), हरेराम यादव (सचिव) लगायतको सक्रिय भूमिका देखिएको थियो।

वरिष्ठ अधिवक्ता श्याम मिश्र र धर्मपत्नी वन्दना मिश्राको संयोजनमा मूल मंडप ‘जिरो पंडाल’ निर्माण गरिएको थियो। यज्ञका संरक्षक पगलाबाबा तथा सहयोगी अनिल झाको योगदान उल्लेखनीय रहेको आयोजक पक्षको भनाइ छ।

शंकराचार्य सारदानन्द सरस्वतीको उपस्थितिले कार्यक्रमको धार्मिक र सांस्कृतिक गरिमा अझ उचो बनाएको बताएको आयोजकको भनाइ छ । महायज्ञमा १३० वटा मण्डलीबाट १५,००० कीर्तनिया सहभागी भएका थिए भने हालसम्म करिब ७ देखि ८ लाखसम्म श्रद्धालुहरूको आगमन भएको आयोजकको दाबी छ।

null

२० विघा क्षेत्रफलमा फैलिएको यज्ञस्थलमा भव्य पण्डाल, लाइटिङ तथा बसोबासको व्यवस्थापन गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमको अनुमानित खर्च करिब ५ करोड रुपैयाँ पुगेको छ। अधिकांश मण्डलीले स्वयंपूर्ण भोजन व्यवस्था गरेका भए पनि, आयोजकले दैनिक १० हजार जनाका लागि भण्डारा सञ्चालन गरेका थिए।

भारतको बनारसबाट आएका एक आचार्यसहित ११ जना पण्डित, अयोध्याबाट रामलीला तथा रासलीलाको टोली, बिहारको मुजफ्फरपुरबाट आएका १५ जना रामायणी लगायतको सहभागिता उल्लेखनीय रहेको थियो । भारत–नेपाल खुला सीमाका कारण भारतका विभिन्न राज्यबाट गाजाबाजा, यज्ञ सामग्री र श्रद्धालुको ओहोरदोहोर सहज भएको आयोजकको भनाइ छ।

बाहिरबाट आएका श्रद्धालुहरूको लागि २० हजार जनाको वासको व्यवस्था गरिएको थियो। कार्यक्रमलाई प्रभावकारी बनाउन एक महिना अघिदेखि श्री सीताराम नाम जाप समेत सञ्चालनमा ल्याइएको थियो।

null

कार्यक्रमको अन्तिम दिन आज श्रम मन्त्री सरतसिंह भण्डारी, नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झा, उपाध्यक्ष शैलेन्द्र झा, नेपाल प्रेस युनियनका सल्लाहकार एवं पत्रकार अभय शर्मा, क्लोथ बैंकका कार्यालय सचिव कृष्णकुमार साह, सदस्य सुदीपकुमार महतोलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

महायज्ञ धार्मिक विधि मात्र नभई नेपाल–भारत सम्बन्ध, सांस्कृतिक समन्वय, खुला सीमा सद्भाव र समुदायबीचको आपसी एकताको उज्वल प्रतीक बनेको आयोजकहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्